२०८१ बैशाख ७ गते शुक्रवार

हिमाल एकाडेमीको अभिभावक दिवस

दाङ,माघ २५ । तुलसीपुरस्थित हिमाल एकाडेमी स्कूलले अभिभावक दिवस मनाउन सुरु गरेको छ । पहिलो चरणमा विहीवार साना कक्षाका बालबालिकाको कला प्रस्तुत गरिएको थियो ।

पानी परेपनि पूर्व निर्धारित कार्यक्रम भने स्थगित भएन । यसैबीच विद्यालयका शिक्षक सालिकराम वलीले अन्तिमदिनको कार्यक्रम मौसमका कारण आइतवार मात्रै हुने जानकारी दिएका छन् । कार्यक्रममा नर्सरी कक्षादेखिका बालवालिकाले विभिन्न नृत्य, गीत, मनतव्य प्रस्तुत गरेका थिए ।

कार्यक्रमलाई सम्वोधन गर्दै वडा नं. ६ का वडा अध्यक्ष नवराज लम्सालले हिमाल एकाडेमीले शिक्षा क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै भविस्यमा थप क्रियासिल बन्न विद्यालय परिवारलाई शुभकामना दिएका थिए । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका सदस्य गणेश अधिकारीको अध्यक्षतामा भएको हो ।

प्रकाशित मिति : २०७५ माघ २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *