२०८१ असार १० गते आइतवार

जुम्लाको हिमाका सबै वडामा स्वास्थ्य सेवा केन्द्र बन्ने

जुम्ला,जेठ १९ । जुम्लाको हिमा गाउँपालिकाले ७ वटै वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गरिने भएको छ ।

नागरिकको आधारभूत स्वास्थ्य सेवा वडामै सहज रुपमा उपलब्ध गराउन हरेक वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गर्न लागिएको हो ।

त्रैमासिक रुपमा विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गर्ने, अर्ध वार्षिकरुपमा आँखा शिविर सञ्चालन गर्ने, घरमा हुने सुत्केरीलाई शून्यमा झार्ने जस्ता कामलाई प्राथमिकतामा राखेको गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर शाहीले जानकारी दिए ।

ज्येष्ठ नागरिकका लागि घरदैलो स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरिने तथा सरकारले घोषणा गरेको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गरी लागू गरिने उनले बताए ।

ज्येष्ठ नागरिक, अपाङ्गता, असहाय र गर्भवती तथा सुत्केरी महिला र गरिब तथा विपन्न परिवारलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको अध्यक्ष शाहीले जानकारी दिए ।

प्रकाशित मिति : २०७९ जेष्ठ १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *