झुपलाल बुढा क्षत्री,
बबई, माघ २४ । दाङको बबई गाउँपालिकाको आयोजनामा साहित्यक गोष्ठि हुने भएको छ ।
आगामी फागुन ११ गते शनिबारका दिन ‘बबई साहित्य गोष्ठि २०७५’ हुने भएको छ । गोष्ठि संचालक समितिका अध्यक्ष प्रमोद धितालको अध्यक्षतामा बुधवार बसेको बैठकले जिल्लास्तरीय कविता प्रतियोगिताका साथै वृहत् कवि गोष्ठि, साहित्यिक बहस,जनगायक जीवन शर्माको एकल साङ्गितिक प्रस्तुती गरि तीन सत्रमा कार्यक्रम हुने निर्णय गरेको छ । कार्यक्रममा दाङ जिल्लाका लेखक, साहित्यकार अतिथिको रुपमा उपस्थित रहने छन् ।
जिल्लास्तरीय कविता प्रतियोगितामा सहभागिताको लागि प्रतियोगी कविहरुले आफ्नो अप्रकाशित कविता १५० शब्दमा नबढाई नाम, ठेगाना र सम्पर्क नम्बर सहित फागुन ७ गतेसम्म इमेल ठेगाना [email protected] मा पठाउन आव्हान गरेको छ ।
प्रकाशित मिति : २०७५ माघ २४ गते बिहिवार