दाङ, जेठ ९ । बाँके जिल्लाको नरैनापुर गाँउपालिकाले प्रत्येक सामुदायिक विद्यालयलाई बिद्यालय बस सहयोग गर्ने भएको छ ।
नरैनापुर जिल्लाकै बिकट मानिने क्षेत्र सीमाबर्ती क्षेत्र हो ।
सामुदायिक विद्यालय प्रति बालबालिकाको आकर्षण बढाउन प्रत्येक विद्यालयलाई एक÷एक वडा बस गाउँपालिकाले उपलब्ध गराउने निर्णय सोमबार गाउँपालिकाका अध्यक्ष इस्तीयाक अहमद शाहले गरेका हुन ।
गाउँपालिकामा दोस्रो कार्यकालका लागि निर्वाचित अध्यक्ष शाहले पदबहार ग्रहण गर्दै शिक्षाको विकाश विना समाजको विकाश संभव नभएको भन्दै यस्तो निर्णय गरेका हुन ।
त्यस्तै उनले जय किसान माविमा क्याम्पस स्थापना गर्ने, गाउँपालिकाका बिद्यालय मध्य एसइई परीक्षामा सर्बौउत्कृष्ट नम्बर प्राप्त गर्ने बिद्यार्थीलाई ल्यापटप प्रदान गर्ने निर्णय पनि सार्वजनिक गरेका छन् ।
गाउँपालिकाको वडा नं। १ महनितियामा तीन करोड लागतमा मावि बिद्यालय निर्माणको प्रक्रिया अगाडि बढाउने जस्ता निर्णय गरिएको छ ।
त्यस्तै गाउँपालिकाको बिद्युती करणहुन बाँकी हरेक वडामा बिद्युत विस्तार गरि प्रत्येक वडाको चोकमा हाइमष्ट फल्ट लाइट जडान गर्ने अध्यक्ष शाहले घोषणा गरेका छन् ।