२०८१ असार ९ गते शनिवार

दंगीशरणका नवनिर्वाचित पदाधिकारीद्वारा पदभार ग्रहण

अपांग र जेष्ठ नागरिकको निशुल्क ल्याब परिक्षण गर्ने निणर्य

देविराम कुसारी,हेकुली,जेठ ३ । दंगीशरण गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरुले पदभार तथा सफत ग्रहण गरेका छन् ।

गाउँपालिकाको आयोजनामा भएको समारोहमा पालिकाका कार्यकारी अधिकृत खिमबहादुर वलीले गाउँपालिकाका प्रमुख शंभु गिरी, उप–प्रमुख पिमा खड्कालाई कार्यकक्षमा पदभार ग्रहण गराएका हुन ।
त्यस्तै पालिकामा भएको अर्को समारोहमा प्रमुख गिरीले उप प्रमुख खड्का लगाएत सातवटै वडाका जन प्रतिनिधिहरुलाई सफत ग्रहण गराएका हुन ।

यसै विच नवनिर्वाचितजनप्रतिनिहरुलाई स्वागत तथा सम्मान गरिएको छ ।

पालिका प्रमुख शंभु गिरीको अध्यक्षता भएको कार्यक्रममा पालिका उपप्रमुख पिमा वली, वडा नम्वर ६ का वडा अध्यक्ष रोशनजंग शाह ५ का वडा अध्यक्ष रेशमबहादुर वली लगाएतले बोलेका थिए । कार्यक्रमको सहजीकरण पालिकाका यादव डांगीले गरेका थिए ।


साथै पालिकाको पहिलो बैठकले अपाङ्ग अशक्त र ६० वर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुलाई पहिलो प्राथमिकतामा राखेर निशुल्क ल्याब परिक्षण गर्ने निणर्य गरिएको अध्यक्ष गिरीले जानकारी दिए ।

प्रकाशित मिति : २०७९ जेष्ठ ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *