२०८१ असार ९ गते शनिवार

कक्षा १२ वार्षिक परीक्षाको केन्द्र सार्वजनिक

काठमाडौं,बैशाख २६ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको केन्द्र सार्वजनिक गरेको छ ।

जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने कक्षा १२ को परीक्षाको परीक्षा केन्द्र सार्वजिनक गरेको हो ।

बोर्डका प्रदेश परीक्षा व्यवस्थापन कार्यालय एवं शाखा कार्यालयहरूले समेत आ-आफ्नो सेवा क्षेत्र भित्रका विद्यालयहरूलाई सोही अनुसार जानकारी गराउन बोर्डले सूचना जारी गरेको छ । बोर्डले अनलाइन माध्यमबाट प्रश्नपत्र पठाउने भएको छ ।

परीक्षा विद्यार्थीको भौतिक उपस्थितिमा नै सञ्चालन गरिनेछ।बोर्डका अनुसार करिब ४ लाख विद्यार्थीले यस वर्ष कक्षा १२ को परीक्षामा सहभागी हुनेछन्।

बोर्डको वेवसाइट https://www.neb.gov.np/notices/details/-ioyr मा परीक्षा केन्द्र हेर्न सक्ने व्यवस्था गरिएको छ। 

प्रकाशित मिति : २०७९ बैशाख २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *