काठमाण्डौ,बैशाख २४ । पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पीसीआर र एण्टिजेन गरी दुई हजार सात सय १६ जनाको नमूना परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै थप २१ जना निको भएसँगै सक्रिय संक्रमितको संख्या दुई सय पाँच जनामा झरेको छ । २४ घण्टामा संक्रमणका कारण कसैको पनि ज्यान गएको छैन् ।
थप ६९ हजार ६ सय ५६ जनाले कोरोनाविरुद्धको खोप लगाएको विवरण प्राप्त भएको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति : २०७९ बैशाख २४ गते शनिवार