२०८२ असार २७ गते शनिवार

काठमाण्डौमा फेरि मेलम्ची खानेपानी आयोजनाको पानी वितरण सुरु

काठमाण्डौ,बैशाख ११ । काठमाण्डौमा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण आजदेखि फेरि सुरु भएको छ ।

खानेपानी तथा सरसफाइ मन्त्री उमाकान्त चौधरी बिहान नयाँ बानेश्वरबाट पानी वितरणको शुभारम्भ गरे । वर्षायाममा बाढीले पुर्याएको क्षतिपछि मर्मत गरेर आजदेखि फेरि मेलम्चीको पानी काठमाण्डौको धारामा वितरण सुरु गरिएको हो ।

गएको चैत २९ गते मेलम्ची खानेपानी आयोजनाको मुहानमा रहेको सुरुङबाट पानी सुन्दरीजल आइपुगेको थियो ।

आयोजनाको पहिलो चरणमा मेलम्ची नदीबाट दैनिक १७ करोड लिटर खानेपानी काठमाण्डौ उपत्यकामा वितरणका लागि २६ किलोमिटरभन्दा लामो सुरुङ तथा पानी प्रशोधन केन्द्रको निर्माण कार्य सम्पन्न गरिएको थियो । तर अहिले थोरैबाट वितरण सुरु हुँदैछ ।

मेलम्ची खानेपानी आयोजना निर्माण सुरु भएको झन्डै २२ वर्षमा अघिल्लो वर्ष पानी काठमाण्डौ आइपुगेको थियो । तर गएको असार एक र साउन १७ गतेको बाढीरपहिरोले मेलम्चीमा क्षति गरेको थियो ।

प्रकाशित मिति : २०७९ बैशाख ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *