२०८१ फाल्गुन ६ गते मङ्गलवार

बिरामीलाई फलफूल बितरण

यमकला भुसाल,
तुलसीपुर, १६ माघ । नेपाल विद्यार्थी सघं तुलसीपुर नगरले शहिद दिवसको अवसर पारेर राप्ती अञ्चल अस्पताल तुलसीपुरका बिरामीहरुलाई फलफूल बितरण गरेको छ । बुधवार अञ्चल अस्पताल तुलसीपुरमा एक कार्यक्रमको आयोजना नगरले शहिद दिवसको अवसरमा अस्पतालमा उपचाररत ४० बढी बिरामीहरुलाई फलफूल बितरण गरेको हो ।

नेपाल विद्यार्थी सघं तुलसीपुर नगर कमिटीका अध्यक्ष राजिव पाण्डेको अध्यक्षता भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाली काग्रेसं दाङ क्षेत्र नं ४ का क्षेत्रीय सभापती जगत बहादुर खड्काले अहिलेको सरकारले सहिदहरुको सपनालाई छेचोल्दै अगाडी बढेको भन्दै उनले शहिदहरुको सदैब उच्च सम्मान गर्नुपनमा जोड दिए ।

साथै कार्यक्रममा उनले अञ्चल अस्पतालका बिरामीहरुको स्वास्थ लाभको कामना गर्दे बिरामीहरुलाई फलफूल बितरण गरेका थिए । सो अवसरमा नेपाल विद्यार्थी सघं दाङका सहसचिव जितेन्द्र प्रकाश वलि,कोषाध्यक्ष अरुण लहरे,नेपाल तरुण दल दाङका अध्यक्ष टिका घर्ति लगाएतले आफ्नो धारणा राखेका थिए । कार्यक्रमको सहजीकरण नेपाल विद्यार्थी दाङ क्षेत्र नं ४ का पुर्व क्षेत्रीय सभापती बिदुरराज गौतमले गरेका थिए ।

प्रकाशित मिति : २०७५ माघ १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *