२०८१ फाल्गुन ६ गते मङ्गलवार

चितवनमा घाँस काट्न गएका व्यक्तिलाई बाघले बेपत्ता बनायो

चितवन,चैत २६ । चितवनको कुमरोजमा एक पुरूषलाई बाघले आक्रमण गरी बपत्ता बनाएको छ ।

खैरहनी नगरपालिका–१२ स्थित कुमरोज मध्यवर्ती सामुदायिक वनमा बिहान ९ बजेतिर घाँस काट्न गएका सोही ठाउँको जनकपुरमा घर भएका ६५ वर्षीय रामप्रसाद धमलालाई बाघले आक्रमण गरी बेपत्ता बनाएको हो ।

बाघले आक्रमण गरी लगेको भन्ने खबर स्थानीयले दिएपछि नेपाली सेनाको जनकपुर पोष्ट तथा इलाका प्रहरी कार्यालय खैरहनीबाट गएको प्रहरी टोलीले धमलाको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

प्रकाशित मिति : २०७८ चैत्र २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *