२०८३ असोज २८ गते बुधवार

तुलसीपुरमा होली मिलन कार्यक्रम

तुलसीपुर, चैत्र ४ । तुलसीपुरमा होली मिलन कार्यक्रम आयोजना गरिएको छ। तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष टोप बहादुर घर्ती मगरको प्रमुख आतिथ्यमा एवम अनलाइन टिभी पत्रकार संघ दाङ शाखाका सचिव एचआर मगरको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष टोप बहादुर घर्ती मगरले होलि सबैले हर्षोल्लास भड्किलो रहित तरिकाले मनाउनु पर्छ बताएका थिए ।

कार्यक्रममा निवर्तमान राष्ट्रिय सभा सदस्य कोमल वली, तुलसीपुर डान्सर स्कुलका अध्यक्ष जागेश्वर वली, नेकपा एमाले जिल्ला कमिटि सदस्य सुनील आचार्य लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

अनलाईन टिभी पत्रकार संघ दाङ र तुलसीपुर डान्स स्कुलको आयोजना तथा न्यु स्वर्गद्वारी ट्रेडर्स, प्रदेश टेलीभीजन, अजम्बरी अनलाईन डट कम,द लीडींङ् नेपाल,दीयालो अनलाई को सह आयोजनामा आज तुलसीपुरको बाहिनी चोकमा होली मिलन कार्यक्रम भएको हो ।

उक्त कार्यक्रममा लोकदोहोरी गायक प्रेम विवश घर्ती, शान्तराम सेन्चुरी, डान्सर साबित्रा बिक, श्रीस्ठी परीयार,साखिरा घर्तीमगरका साथै तुलसीपुर डान्स स्कुलका विद्यार्थीहरुले आकर्षक प्रस्तुती राखेका थिए ।

मदन विक मुस्कानको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रम सञ्चालन भने अनलाइन टिभी पत्रकार संघ दाङ शाखाका सदस्य नवीन वलीले गरेका थिए ।

प्रकाशित मिति : २०७८ चैत्र ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *