तनहुँ,फागुन २२ । दमौली बजारस्थित भोलेटार चोकको एउटा पसलमा भीषण आगलागी भएको छ।
ब्यास नगरपालिका ४ स्थित भोलेटार चोकमा रहेको भूपाल हार्डवयर पसलमा बिहान १० बजेतिर लागेको आगो अझैं नियन्त्रणमा आउन सकेको छैन।
जिल्ला प्रहरी तनहुँका अनुसार आगो नियन्त्रणको प्रयास भइरहेको छ।
अहिले प्रहरी र स्थानीय आगो नियन्त्रणमा जुटेका छन्। आगो नियन्त्रणका लागि एउटा दमकल र चारवटा पानी ट्यांकीको प्रयोग गरिएको छ।
प्रकाशित मिति : २०७८ फाल्गुन २२ गते आइतवार
