२०८३ असोज २८ गते बुधवार

बारामा प्रहरीको गोली लागेर एकको मृत्यु,७५ किलो गाँजा बरामद

बारा,फागुन १२ । बारामा प्रहरीले चलाएको गोली लाग्दा एक जनाको मृत्यु भएको छ।

बुधबार राति ११ बजे सिम्रौनगढ नगरपालिका–२ स्थित नेपाल–भारत सीमामा गोली चल्दा एक जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए।

मृत्यु हुनेमा अन्दाजी ३५ वर्षीय पुरूष छन्। उनको सनाखत भइनसकेको थापाले बताए। मृतक पुरूषको कम्मरमा गोली लागेको प्रहरी नायब उपरीक्षक थापाले बताए।

त्यसपछि जवाफी फायरिङ हुँदा एक जनामाथि गोलीले लागेको उनले बताए। ती तस्करी गर्नेहरू ७/८ जनाको समूहमा रहेको उनले बताए।

घाइते भएका उनलाई कलैया अस्पताल लगिएको थियो। त्यहाँ उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीले भारतको विहार मोतिहारी जिल्ला ग्राम पिपराका ४० वर्षीय हृदयश गिरीलाई पक्राउ गरेको छ।

उनीबाट प्रहरीले ७५ किलो गाँजा पनि बरामद गरेको छ। प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान अघि बढाएको प्रहरी नायब उपरीक्षक थापाले बताए।

प्रकाशित मिति : २०७८ फाल्गुन १२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *