२०८३ भाद्र ११ गते बिहिवार

आज धेरै ठाउँको मौसम सामान्यतया सफा,भोलि पश्चिमी क्षेत्रमा चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ,फागुन १० । आज देशका धेरै ठाउँको मौसम सामान्यतया सफा रहने मौसमविद्ले बताएका छन् ।

मौसमविद् समिर श्रेष्ठकाअनुसार आज केही ठाउँको मौसम आंशिक बद्ली भए पनि सामान्यता मौसम सफा नै रहने अनुमान छ । तर, भोलि भने पश्चिमी क्षेत्रका केही ठाउँमा पानी पर्ने उनले बताए ।

उनका अनुसार भोलि पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना छ ।

यी क्षेत्रका उच्च पहाडी तथा हिमाली जिल्लामा पनि वर्षा र हिमपात हुने मौसमविद्ले बताएका छन् ।

प्रकाशित मिति : २०७८ फाल्गुन १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *