तिर्थराज ज्ञवाली
मसुरीया (दाङ), ७ माघ ।
राप्ती गाउँपालिकाले राप्ती क्षेत्रको विद्यालय तथा विद्यार्थीको शैक्षिक गुणस्तरमा विकासका लागि सामुदायिक विद्यालयका शिक्षकहरुको दरबन्दी मिलान गर्ने निर्णय गरिएको छ । सोमबार राप्ती गाउँपालिका गाउँ कार्यपालिकाको यस आर्थिक वर्ष ०७५।७६ को १४औँ बैठक कार्यपालिका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा बसी महत्वपूर्ण विषयमा छलफल गरी निर्णय गरिएको हो ।
गाउँपालिकाको निर्णय अनुसार विगतमा राप्ती गाउँपालिका गाउँ शिक्षा समितिले तय गरिएका मापदण्डको आधारमा शिक्षक दरबन्दी मिलान गर्ने निर्णय गरिएको छ । शिक्षक मिलानको क्रममा गाउँपालिकाबाट अनुदान प्राप्त नियुक्त शिक्षक, राहत शिक्षक, अस्थायी शिक्षक, स्थायी शिक्षकका आधारमा मिलान गरिने र उल्लेखित क्रममा पनि नियुक्तिको आधारमा कनिष्ट अनुसार मिलान गरिने निर्णय भएको प्रवक्ता विद्याशरण चौधरीले जानकारी दिए ।
बैठकले राप्तीमा कुप्रथाको अन्त्यका लागि सचेतनात्मक तथा जनचेतनात्मक कार्यक्रम सञ्चालन गर्नेसमेत निर्णय गरिएको छ । परीक्षा सञ्चालन कोषको स्थापना गर्ने, बैठकमा बालविवाह, बहुविवाह, लागूपदार्थ दुब्र्यसनी, छुवाछुतलगायतका कुप्रथाको अन्त्यका लागि सचेतनात्मक तथा जनचेतनात्मक कार्यक्रम सञ्चालन गर्ने, तुलसीपुर उपमहानगरपालिकाको आयोजनामा हुने फुटबल प्रतियोगितामा यस गाउँपालिकाको तर्फबाट प्रतियोगी टोली पठाउने निर्णय गरेको प्रवक्ता विद्याशरण चौधरीले जानकारी दिए ।