२०८२ कार्तिक २१ गते शुक्रवार

अट्वारीको अवसरमा मेयर पाण्डेको शुभकामना

तुलसीपुर, भदौ २७ । तुलसीपुर उपमहानगरपालिका मेयर घनश्याम पाण्डेले थारू समुदायको पर्व अट्वारीको अवसरमा शुभकामना दिएका छन् ।

विभिन्न जातजाति र समुदायले मनाउने पर्व र संस्कृतिले मुलुकमा मेलमिलाप, भ्रातृत्व र सद्भावको वातावरण बनेको मेयरको शुभकामना सन्देशमा उल्लेख छ ।

उनले कोभिड माहामारीलाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गरेर पर्व मनाउन आग्रह गरेका छन् । तुलसीपुर नगरले अट्वारी पर्वको अवसरमा थारु समुदायलाई सार्वजनिक बिदा समेत दिएको छ ।

प्रकाशित मिति : २०७८ भाद्र २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *