तुलसीपुर,असार १५ । नेपाल शिक्षक महासघं तुलसीपुरले कोभिडबाट मृत्यु भएका शिक्षकहरुको सम्झनामा दिप प्रज्वलन,मौन धारण तथा शिक्षक माथी सरकारबाट भएको बिभेदका बारेमा बिरोध कार्यक्रम गरेको छ ।
महासघंको केन्द्रिय कार्यक्रम अन्तर्गत मंगलवार एक कार्यक्रमबा बिच उक्त कार्यक्रम गरिएको हो ।
शिक्षक महासघं तुलसीपुरका अध्यक्ष ढकबहादुर वलिको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल शिक्षकसघंकी केन्द्रिय उप–महासचिव सुसिला सुवेदी, शिक्षक सघंका तुलसीपुरका अध्यक्ष लेबेन्द्र केसी,एकिकृत अखिल नेपाल शिक्षक सघंका अध्यक्ष पुर्णबहादुर पुन, अखिल नेपाल शिक्षक सघंका अध्यक्ष तुलसी भण्डारी लगाएतले नेपाल सरकारले निजामती कर्मचारी भन्दा शिक्षकलाई विभेद गरेको भन्दै आलोचना गरेका छन ।
यसैबिच यहि असार १८ गते हुने स्थानीय तहमा धर्ना कार्यक्रममा सहभागी हुन सबैलाइ अनुरोध गरिएको छ ।
उक्त कार्यक्रमको सहजीकरण शिक्षक महासघंको अर्थ सचिब मेघराज घिमिरेले गरेका थिए ।