दंगीशरण, जेठ २६।दंगीशरण गाउँपालिका कृषि शाखाले किसानहरुलाई धानको विउ उपलब्ध गराएको छ । शाखाले किसानहरुलाई ५० प्रतिशत अनुदानमा धानको विउ उपलब्ध गराएको हो । धानको विउ राख्ने समय आएकाले कोभिड को विषम परिस्थीतीमा पनि किसानहरुको समस्यालाई मध्यनजर गर्दै धानको विउ उपलब्ध गराएको शाखाका योगमाया कवँरले बताए ।
गाउँपालिकामा रहेका १० वटा कृषक समुह र जन कृषि सहकारी वडा न. ५ र साना किसान कृषि सहकारी सस्ंथा वडा न. ६ गरी २ वटा सहकारीलाई धानको विउ वितरण गरिएको हो । किसानहरुलाई राम धान ५ सय केजी , सुख्खा – २ १२ सय ५० केजी, सुख्खा –३ ३ सय ५० केजी र विन्देश्वरी ४ सय केजी धानको विउ वितरण गरीएको शाखाले जनाएको छ । शाखाले समयमै धानको विउ वितरण गरेपछि किसानहरु समयमै धानको विउ राख्न पाएका छन् ।
यसैबिच, दंगीशरण गाउपालिका वडा न. ५ ले फौजी किरा नियन्त्रणका लागि किटनासक औषधि छर्ने कार्य गरेको छ । वडा न. छ भित्रका किरानहरुले लगाएको मकै बालीमा फौजि किराको प्रकोप देखिन थालेपछि वडाले वडा बाट बजेट विनीयोजन गरि औषधि छर्न स्वयमसेवक खटाएको हो ।
वडाले आफनै पहलमा कृषि प्राविधीकको समन्वयमा किटनाशक औषधि खरीद तथा स्प्रे ट्यांकि खरीद गरी औषधि छिट्नका लागि १५ जना स्वयमसेवक परिचालन गरीएको वडा अध्यक्ष दिपक गौतमले बताए । “कोभिडको समयमा किसानहरु औषधि लिन काहाँ जाने भनेर किसानहरुको समस्यालाई मध्यनजर गर्दै वडाले यो प्रकारको कार्य गरेको हो । यसले वडाबासीलाई राहत मिलेको छ” वडा अध्यक्ष गौतमले भने । १५ जना स्वंयमसेवकहरुलाई वडाको प्रत्येक टोलमा परिचालन गरि औषधि छर्ने कार्य भएको उनले बताए ।
फौजी किराले मकै बाली सक्काउन थालेको भन्दै किसानहरु चिन्तीत भएको समयमा वडाले राहत थपेको किसानहरु खुसी भएका छन् । लामो समयको लकडाउँनमा किसानहरु मर्कामा परेपछि वडाले वडाबासीहरुको समस्यालाई केहि हदसम्म समाधान गरेको छ ।