तुलसीपुर, जेठ, २३ । दारी ग्याङ दाङले आइतबार तुलसीपुर र घोराहीका१३ घर परिवारलाई खाद्यानन सहयोग गरेको छ ।
अभियान अन्तर्गत मजदुर, विपन्न, एकल तथा अपाङ्ग परिवारलाई खाद्यान्न सहयोग गरिएको हो । आफुले सञ्चालन गरेको फूड बैंक मार्फत दारी ग्याङले खाद्यान्न सहयोग गरेको हो ।
तुलसीपुरका उपमहानगरपालिका वडा नं. १७ मज्गंै का ३ घर परिवार , घोराही उपमहानगरपालिका वडा नं. ११ का २ घर परिवार , घोराही २ सुनपुर का ६ घर परिवार र घोराही २ कै थप २ घरलाई खाद्यान्न सहयोग गरेको दारी ग्याङका एक सदस्य प्रख्यात सुवेदीले जानकारी दिए ।
लकडाउनका कारण दैनिक ज्याला मजदुरी गर्न नपाएर विहान वेलुका छाक टार्न समेत समस्या परेका घर परिवारको पहिचान गरि दारी ग्याङले चामल, दाल, नुन र तेल जस्ता खाद्यान्न सहयोग गर्दै आएको छ । लकडाउनमा अति विपन्न परिवारहरुले खाना खान समेत नपाउने अवस्था नआवस भनेर खाद्यान्न सहयोग गर्दै आएको उक्त समुहका सदस्यहरुले जनाएका छन् ।