२०८१ चैत्र ३ गते आइतवार

छिल्लीकोटमा नेपाली सेनाले ट्रष्ट निर्माण ग¥यो


दाङ, जेठ २० । ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल छिल्लीकोटमा सर्वसाधारणका लागि नेपाली सेनाले ट्रष्ट निर्माण गरेको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ छिल्लीकोट स्थित कालिका मालिका मन्दिर परिसरमा दश लाख बढीको लागतमा निर्माण गरिएको ट्रष्ट र सौचालय बिहीबार नेपाली सेनाले मन्दिर ब्यबस्थापन समितिलाई हस्तान्तरण गरेको छ ।

१९ नम्बर बाहिनी तुलसीपुरका बाहिनिपती सहायक रथि मदनकुमार केसीले निर्मित भौतिक संरचना कालिका मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष पुर्ण पुनलाई बिहीबार हस्तान्तरण गरेका हुन ।

ऐतिहासिक र धार्मिक महत्वको छिल्लीकोटको पहिचान जोगाइ राख्न तथा नागरिक संगको सम्बन्ध प्रगाढ बनाउने उदेश्यका साथ दश लाखको लागतमा सौचलायसहित ट्रष्ट निर्माण पछि हस्तान्तरण गरिएको नेपाली सेनाका अधिकारीले जानकारी दिएका छन् ।
रणसिंहदल गण घोराहीका गणपति उज्जल केसीले नागरिक सैनिक सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउने नीति अनुरुप नेपाली सेनाको एकीकरण मार्ग कार्यक्रम अन्तर्गत भौतिक संरचना निर्माण पछि बिहीवार मन्दिर बिकास समितिलाई हस्तान्तरण गरिएको जानकारी दिए ।

गणपति केसीले त्यहाँ निर्मित संरचना मध्य दूई वटा सौचालय निर्माण गर्न नेपाली सेनाले आँफै श्रमदान गरेको थियो । त्यस अवसरमा तुलसीपुर १९ का वडाध्यक्ष रामबहादुर योगी र कालिका मालिका मन्दिर समितिका कोषाध्यक्ष प्रबिण पुन लगायत स्थानीय सर्वसाधारणले नेपाली सेनाका अधिकारीहरुलाई धन्यबाद दिएका थिए ।

प्रकाशित मिति : २०७८ जेष्ठ २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *