
तुलसीपुर, जेठ ९ । तुलसीपुर नगर जेसिजका पदाधिकारीहरुले सितलपुर घाट सरसफाई गरेका छन् । आइतबार जेसिजका पदाधिकारीहरुले तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ स्थित बबई घाटको सरसफाई गरेका हुन ।
त्यसका साथै नगर जेसिजले एक ट्याक्टर दाउरा पनि सहयोग गरेको छ । नगर जेसिजका अध्यक्ष नेत्रलाल भट्टराई (नारायण)ले बबई घाटमा कोरोनाबाट मृत्यु भएकाहरुको दाहासंस्कार गर्न आवश्यक दाउरा अभाव भएको खबर पछि नगर जेसिजका पुर्ब अध्यक्षहरुको सामुहिक पहलमा एक ट्याक्टर दाउरा निशुल्क रुपमा प्रदान गरेको बताए ।

दाउरा काठ बैंकका अध्यक्ष देबिराम कुसारीलाई नगर अध्यक्ष भट्टराईसहित पूर्व पदाधिकारीले हस्तान्तरण गरेका हुन । जेसिजले ‘मानवताको सेवा नै जीवनको सर्बौत्तम कार्य हो’ भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै बिभिन्न सेवा मुलक कार्यहरु गर्दै आएको छ ।
प्रकाशित मिति : २०७८ जेष्ठ ९ गते आइतवार