
तुलसीपुर, जेठ ५ । कोरोना माहामारी नियन्त्रणका लागि तुलसीपुरका दुईवटा सामुदायिक वन उपभोक्ता समूहले तुलसीपुर मेट्रो अस्पताललाई आर्थिक सहयोग गरेका छन् ।
तुलसीपुर उपमहानगरपालिका– ८ बटोलपुरस्थित मायालु र सृजना सामुदायिक वन उपभोक्ता समूहले २५ हजार पाँच सय ५५ रुपैंया आर्थिक सहयोग गरेका हुन ।
मायालु सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष साइराम चौधरीले बुधबार उक्त रकम तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेलाई हस्तान्तरण गरेका हुन ।
रकम हस्तान्तरण पछि अस्पतालमा संचालनमा रहेको कोरोना आइसोलेसनलाई व्यवस्थापन र अक्सिजन सहजताका लागि आर्थिक सहयोग गरेको अध्यक्ष चौधरीले बताएको मेयर पाण्डेका सचिवालय सदस्य धर्मराज वलीले जानकारी दिए ।
साउदीबाट ढकालले पठाए २५ हजार सहयोग
साउदीमा रहेका तुलसीपुुरका एक युवाले मेट्रो अस्पताललाई २५ हजार सहयोग पठाएका छन् । तुलसीपुर उपमहानगरपालिका–१ न्यूरोड टोल निबासी मिनप्रसाद धितालले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि आर्थिक उक्त सहयोग पठाएका हुन ।
‘म रोजगारीका लागि विदेशमा भएपनि मेरो मन नेपालमै छ । मेरो गाउँ ठाउँका दाजुभाइ दिदी बहिनीको जीवन रक्षाको लागि मैले सहयोग पठाएको हुँ ।’
