२०८१ चैत्र ९ गते शनिवार

देउखुरी उद्योग बाणिज्य संघद्वारा स्वास्थ्य सामाग्री बितरण


दाङ, जेष्ठ ४ । देशभर कोरोनाको दोस्रो संक्रमण अनियन्त्रित रुपमा फैलिरहेका बेला देउखुरी उद्योग बाणिज्य संघले स्वास्थ्य सुरक्षाका सामाग्री प्रदान गरेको छ । बाणिज्य संघले लमहीमा रहेको कोरोना अस्पताल, लमही अस्पताल र राप्ती गाउपालिकामा रहेको निल सागर आस्रमलाई सेनिटाइजर, मास्क,पन्जा लगाएतका स्वास्थ्य सामाग्री संघका अध्यक्ष खगेस्वर खनाल लगाएतका टोलिले हस्तान्तरण गरेका हुन ।

अध्यक्ष खनालले हस्तान्तरण कार्यक्रममा बोल्दै सम्पुर्णमा कोभिड संक्रमणबाट बच्न र बचाउन सम्पुर्णलाई अनिवार्य रुपमा स्वास्थ्य विधि अपनाउन र सामाजिक दुरी कायम गर्न अनुरोध गरे । साथै उद्योग बाणिज्य संघले केन्द्रमा उद्योग बाणिज्य महासंघ सङ समन्वय गरेको र अब देउखुरी क्षेत्रबाट कोभिडको उपचारकालागि काठमाडौ लैजानुपर्ने बिरामीलाई कोरोना अस्पतालमा बेड र अक्सिजनको सहजरूपमा उपलब्ध गराउन पहल गरेको समेत बताए ।

उद्योग बाणिज्य संघका उपाध्यक्ष केशब राज पोख्रेलले यो महामारीका बेला सबै एकजुट भएर सबैको जीवनरक्षामा लागी पर्न सम्पुर्णमा अनुरोध गरेका छ्न । बाणिज्य संघका सदस्य भिम भुसालले आफ्नो ज्यानको प्रवाह नगरी अहोरात्र बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मी लाई भगवानको रुपमा देख्ने गरेको समेत बताए ।

यस्तै संघमा रहेको एम्बुलेन्स लमहिको रातोडडामा संचालित कोभिड अस्पताललाई उपलब्ध गराएको छ । संघले अक्सिजन, कोभिडका डाक्टरहरु बस्नका लागी भबनको ब्यबस्थापन , स्वास्थ्य सामाग्री हरुको समेत ब्यबस्थापन गर्दै आइरहेको छ ।

स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा संघका अध्यक्ष खगेस्वर खनाल, उपाध्यक्ष केसब राज पोख्रेल , सदस्य सहाना श्रेष्ठ, गणेश घिमिरे, नुमाकान्त बोहोरा, भिम भुसाल लगाएतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७८ जेष्ठ ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *