तुलसीपुर, बैशाख २९ । दाङको घोराही निवासी पत्रकार तथा लेखक दीपक घिमिरेले नेपाल पत्रकार महासंघ दाङ शाखामा आइसोलेसन ब्यबस्थापनका लागि अमेरिकाबाट २० हजार सहयोग पठाएका छन् ।
घिमिरेले आइसोलेशन ब्यबस्थापन र सञ्चालनका लागि अमेरिकाबाट आफ्नो खाजा खर्च कटाएर नगद २० हजार रुपैंया सहयोग पठाएको महासंघका दाङ शाखा अध्यक्ष दुर्गालाल केसीले जानकारी दिएका छन् ।
महासंघले आफ्नै भवनमा संक्रमित पत्रकार तथा अन्य फ्रन्टलाईनरहरु संक्रमितलाई राख्नको लागि अक्सिजन सिलिण्डरसहितको आइसोलेसन बेड तयार पारेपछि बिभिन्न ब्यक्ति तथा संघ संस्थाबाट सहयोग प्राप्त हुने क्रम जारी रहेको अध्यक्ष केसीले बताए ।
प्रकाशित मिति : २०७८ बैशाख २९ गते बुधवार