२०८२ जेष्ठ ११ गते शुक्रवार

शिव शिखर बहुउद्देश्यीय सहकारीद्वारा मोबाईल बैंकिङ सेवा सुरु

काठमाडौं,फागुन १६ । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले मोवाइल बैंकिङ्ग सेवा शुरु गरेको छ ।

संस्थाले आफ्ना सदस्यहरुलाई प्रविधी मैत्री बनाउने क्रममा शिशिखर मोवाईल बैकिङ्ग एप मार्फत अत्याधुनिक बैकिङ्ग प्रणालिमा आवद्ध गर्ने प्रयास गरेको छ ।

पको प्रयोग गरी सदस्यहरुले आफ्नो मोबाईलबाट विद्युत, पानीको महशुल भुक्तानी गर्न, आफ्नो वा ईच्छाईएको मोबाईल रिचार्ज गर्न, हवाई टिकट काट्न, बीमा प्रिमियम भुक्तानी गर्न, टी भी तथा इन्टरनेटको बिल तिर्न जस्ता कार्यहरु गर्न सकिने छ ।

त्यसैगरी यस संस्थाको खाताबाट आफूलाई आवश्यक पर्ने आफ्नी या ईच्छाईएको बैंक खातामा रकमान्तर गर्न, यस संस्थाको आफ्नो खाताबाट अन्य आवश्यक पर्ने खातामा रकम स्थानान्तरण गर्न पनि सकिने छ ।

सस्ंथामा रहेको आफ्नी बचत, शेयर, कर्जाको जानकारी समेत लिन सकिने छ ।

संस्थाको मुख्य कार्यालय भक्तपुरको कौशलटारमा रहेको छ भने काठमाडौं उपत्यकामा थप ८ वटा र उपत्यका बाहिर १३ वटा सदस्य सेवा केन्द्रहरु रहेका छन् ।

 

प्रकाशित मिति : २०७७ फाल्गुन १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *