२०८३ जेष्ठ २३ गते शनिवार

फरक क्षमता भएका व्यक्तिलाई खाद्यान्य सहयोग


घोराही, असोज २० । दाङ महिला जेसीजले सप्ताहव्यापी कार्यक्रम अन्तरगत तेस्रो दिन मंगलवार फरक क्षमता भएका व्यक्तीहरुलाई सहयोग गरेको छ । आइतवारदेखि सुरु भएको सप्ताहव्यापी कार्यक्रम अन्तरगत मंगलवार नेपाल अपांग संघ खगेन्द्र नवजिवन केन्द्र झिगौरामा रहेका फरक क्षमता भएका व्यक्तिहरुलाई दाङ महिला जेसिजले खाद्यान्य सहयोग गरेको हो ।

जेसीजले केन्द्रलाई एक क्वीन्टल २५ किलो चामल, १० किलो दाल, एक कार्टुन तेल, १० किलो नुन, १० केलो चिनी, एक दर्जन साबुन, पाँच किलो आलु, एक प्याकेट सर्जिकल मास्क, चियापत्ति, भुजा लगायतका सामाग्रीहरु प्रदान गरेको कार्यक्रम संयोजक अर्चना शर्माले जानकारी दिइन ।

दाङ महिला जेसीजका अध्यक्ष जीवा भुषालको अध्यक्षता एव घोराही उपमहानगरपालिका वडा नम्बर १४ का अध्यक्ष शक्तिराम डाँगीको प्रमुख आतिथ्य एवं नेपाल महिला सामुदायिक सेवा केन्द्रका अध्यक्ष कल्पना न्यौपाने र नेपाल अपांग खगेन्द्र नवजिवन केन्द्रका अध्यक्ष सरद अधिकारीको विशिष्ठ आतिथ्यमा भएको कार्यक्रममा वक्ताहरुले अपांगता रहेका व्यक्तिहरुको समस्याका बारेमा सरकार एवं अन्य संघसंस्थाहरु गम्भीर नरहेको बताएका थिए ।

प्रमुख अतिथि घोराही उपमहानगरपालिका वडा नम्बर १४ का अध्यक्ष डाँगीले युवाहरुलाई रचनात्मक कार्यमा लगाउनकालागी जेसीजले महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रसंशा गरे ।

प्रकाशित मिति : २०७७ असोज २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *