सुर्खेत,असोज १६ । नेपालमा पहिलोपटक कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणबाट वरिष्ठ डाक्टरको मृत्यु भएको छ।
प्रदेश अस्पताल सुर्खेतमा कार्यरत बाँकेको खजुरा गाउँपालिका–३ का ५९ वर्षीय प्रमुख कन्सल्टेन्ट अर्थोपेडिक्स सर्जन डा। हरि सापकोटाको बिहीबार मृत्यु भएको हो।
उपचारका क्रममा उनको बाँकेस्थित भेरी अस्पतालमा निधन भएको प्रदेश अस्पताल सुर्खेतले जनाएको छ। डा। सापकोटाको भदौ २९ गते प्रदेश अस्पताल÷पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा स्वाब परीक्षण गरिएको थियो।
कोरोना पोजेटिभ देखिएपछि तीन दिन प्रदेश अस्पतालको कोरोना विशेष अस्पतालमा राखेर उपचार गरिएको थियो। श्वासप्रश्वासमा समस्या देखिनुका साथै शरीरमा अक्सिजनको मात्रा कमि भएपछि डा। सापकोटालाई थप उपचारका लागि भेरी अस्पताल नेपालगन्ज रेफर गरिएको थियो।
कर्णाली प्रदेश अस्पतालका कोरोना फोकल पर्सन डा। केएन पौडेलका अनुसार भेन्टिलेटरमा उपचारकै क्रममा डा। सापकोटाको बिहीबार दिउँसो ३ः१० बजे मृत्यु भएको हो।
चिकित्सकका अनुसार उनको दुवै साइड फोक्सोमा निमोनिया र कडाखालको कोरोना भाइरस देखिएको थियो। डा। सापकोटाको भेरी अस्पतालमा हाइड्रोअक्सिजन, सिपीएपी, प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको थियो। डा। सापकोटा २०६३ भदौ १ गतेदेखि कर्णालीमा सेवारत थिए।