२०८१ बैशाख १३ गते बिहिवार

कोरोना संक्रमण रोक्न बुढाद्वारा विद्यालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण

दाङ,१५ असोज कोरोना संक्रमणबाट विद्यार्थी  शिक्षकशिक्षिकाहरुलाई जोगाउने उद्देश्यले पश्चिम दाङको दंगीशरण गाउँपालिकावडा नं. मा रहेको लक्ष्मीनारायण आधारभुत विद्यालय सलौरालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको

विद्यालयले विद्यार्थीहरुका लागि शिक्षण सिकाई कक्षा सञ्चालन गरेपछि विद्यालयमा अध्ययनरत विद्यार्थी शिक्षकशिक्षिकालगायतकाकर्मचारीहरुलाई कोरोनो संक्रमणबाट जोगाउनका लागि नेकपाका युवा नेता प्रेम बुढाले विद्यालयमै पुगेर स्वास्थ्य सामग्री सहयोग गरेकाहुन बुढाले सलौरामा रहेको विद्यालयमै पुगेर विहिवार विद्यालयका प्रधानाध्यापक गोविन्दप्रसाद आचार्यलाई सेनेटाइजर, मास्क हातधुने सावुन हस्तान्तरण गरेका हुन

कोरोना भाइरसको जोखिम रहेको समयमा विद्यालयमा अध्ययनरत विद्यार्थी उनीहरुलाई पढाउने शिक्षकशिक्षिकाहरु जोखिममा हुनेभएकाले उनीहरुलाई संक्रमण हुनबाट जोगाउने उद्देश्यले  विद्यालयलाई स्वास्थ्य सामग्री सहयोग गरेको युवा नेता बुढाले जानकारीदिएका छन् उनले आगामी दिनमा समेत विद्यालयलाई थप सहयोग गर्ने प्रतिवद्धता गरेका छन्

महामारीको समयमा विद्यालयमा सेनेटाइजर,मास्कलगायतका स्वास्थ्य सामग्री सहयोग गर्ने बुढालाई विद्यालयका प्रधानाध्यापकआचार्यले धन्यावाद ज्ञापन गरेका थिए   विद्यालयमा तीन सय विद्यार्थीहरु अध्ययनरत रहेका छन् विद्यालयले शनिवार समेत गरी तीनसिपm्टमा सिक्षण सिकाई गर्दै आएको

स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा दंगीशरण गाउँपालिका का अध्यक्ष दीपक गौतम, दंगीशरण गाउँपालिका शिक्षा शाखा प्रमुखविनोद अधिकारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुमप्रसाद देवकोटालगायतकाले उपस्थीति रहेको थियो दाङ आईटिएफतेक्वान्दो संघका संरक्षक समेत रहेका बुढाले कोरोना संक्रमणको समयमा सुरक्षार्थ खटिने सुरक्षाकर्मीहरुलाई समेत स्वास्थ्य सामग्रीसहयोग गर्दै आएका छन्

प्रकाशित मिति : २०७७ असोज १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *