तुलसीपुर,भदौ २८ ।तुलसीपुर उपमहानगरपालिका वडा नं ७ प्रसेनि स्थित बसन्तपुर टोलमा लाली गुराँस युवा क्लब गठन गरिएको छ ।आईतबार बसेको टोल विकास संस्थाको बैठकले माधव डाँगीको अध्यक्षतामा १७ सदस्यीय समिति गठन गरिएको हो ।
जसको उपाध्यक्षमा मनोज वली,सचिवमा खिम विक,सहसचिवमा दीपा केसी, कोषाध्क्षमा पूर्णिमा विकलाई चयन गरिएको छ । त्यस्तै समितिको सदस्यहरुमा दधिराम भुसाल,मोहन भण्डारी,प्रकाश वली,शुमन् विक, सुरज विक,दीपेन्द्र रसायली,बालाराम परियार,शुरेश विक,राजेन्द्र विक, सुरेश खड्का र लछीमा विकलाई चयन गरिएको छ ।समितिको अन्य सदस्यहरुमा नवीन डाँगी,नविना भुसाल,विमला परियार,सुन्दर नेपाली लगायतका रहेका छन ।
त्यस्तै क्लबको सल्लाहाकार समितिमा वडा नं ७ का सदस्य रामबहादुर जिसी,बसन्तपुर टोल विकास संस्थाका अध्यक्ष उत्तरकुमार खड्का, कोषाध्क्ष संगिता विक,पूर्व सचिव यमकला भुसाल, पदम विक,धनमाया वली,मिनराज वलि,कमल नेपाली ,दीपक केसी,वेदबहादुर वलीलाई चयन गरिएको छ ।
सो अवसरमा बोल्ने वक्ताहरुले समाजको विकास र समाजमा हुने गरेका विकृति विसंगतिको विरुद्धमा लडन युवाहरु अग्रसर हुन जरुरी रहेको बताउँदै नवगठित समितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।