२०८१ माघ १२ गते शनिवार

लायन्स क्लव अफ दाङ राजविद्याको रक्तदान


घोराही, भदौ १४ ।लायन्स क्लव अफ दाङ राजविद्याको आयोजनामा आइतबार रक्तदान कार्यक्रम घोराहीमा भएको छ । दाङमा ब्लडको अभाब हुँदै गएको भन्ने समाचार प्रकाशन प्रशारण भएपछि रक्तदान कार्यक्रमको आयोजना गरिएको आयोजक संस्थाले बताएको छ ।

घोराही उपमहानगरपालिका वडा नं. १८ को राजविद्या पाठशाला र लायन्स क्लब अफ दाङ राजविद्याको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम गरिएको हो । कार्यक्रममा १९ जनाले रक्तदान गरेका थिए ।

क्लबका अध्यक्ष टिकाजङ बिकको अध्यक्षता एवं लायन्स क्लब एरिया ५ का मूल्याङ्कन प्रमुख लब नरसिंह अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । क्लबका सदस्य गणेश केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम क्लबका सदस्य सतिश सुवेदीले सहजीकरण गरेका थिए ।

प्रकाशित मिति : २०७७ भाद्र १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *