चेतन रेग्मी,
तुलसीपुर, भदौ १४ । लकडाउनको अबधिमा घरभाडा छुट गर्ने घर धनिलाई तुलसीपुर उधोग बाणीज्य संघले सम्मान गरेको छ । अप्ठेरोमा ब्यबसायीलाई राहत पुग्ने कार्य गरेको भन्दै संघले आइतबार केही घरधनीलाई सम्मान गरेको हो ।तुलसीपुर उधोग बाणिज्य संघका अध्यक्ष बिरबहादुर रावतले मानविय नाताले अप्ठेरोमा राहात पुग्ने कार्य गरेका घर धनिलाई सम्मान गरिएको बताए ।
कार्यक्रमा घरधनीहरु महोन न्यौपाने, शेवकराम भण्डारी लकडाउनमा व्यापार ब्यबसाय बन्द भएको हुँदा थोरै भएपनि व्यवसायीलाई राहत पुगोस भनेर आफुहरुले घर भाडा छुट दिएको जानकारी दिए ।सम्मान कार्यकमको सहजीकरण महासचीव रुपबहादुर खत्रीले गरेका थिए । केही दिन पहिले मात्रै संघले घरभाडा छुट दिएको भन्दै तुलसीपुरका प्रमुख घनश्याम पाण्डेलाई पनि सम्मान गरेको थियो ।
प्रकाशित मिति : २०७७ भाद्र १४ गते आइतवार