२०८३ असोज १० गते शनिवार

डा. सम्शेर थापा सम्मानित

दाङ, असोज १० ।
नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका प्रमुख प्रशासक डा. सम्शेर थापालाई सम्मानित भएका छन् ।
उनी ‘एसीओएन प्रेसिडेन्ट गोल्ड मेडल’ बाट सम्मानित भएका हुन ।
एसोसिएसन अफ कम्युनिटी अप्थाल्मोलोजिस्ट्स अफ इन्डियाको आयोजनामा भारतको कोलकातामा आयोजित सामुदायिक नेत्ररोग विशेषज्ञहरूको २५औँ अन्तर्राष्ट्रिय भेलामा डा. थापालाई स्वर्ण पदक प्रदान गरिएको हो।
उनी विगत दुई दशक भन्दा बढी समयदेखि आँखा स्वास्थ्य कार्यक्रमको व्यवस्थापनमा सक्रिय छन् ।
अन्धोपन न्यूनिकरणको क्षेत्रमा पुर्‍याएको योगदान तथा तीन वटै अस्पतालबाट प्रवाह हुँदै आएको आँखा स्वास्थ्य सेवाको विकास र विस्तारमा थापाले निर्वाह गरेको भूमिकाको मुल्याङ्कन गर्दै त्यो सम्मान प्रदान गरिएको थियो ।
सोही समारोहमा राप्ती आँखा अस्पतालका नेत्र अधिकृत ओपेन्द्र चन्दलाई ‘एसीओएन सेक्रेटरी सिल्भर मेडल’ अर्थात रजत पदकबाट सम्मानित गरिएको छ।
प्रतिष्ठित सम्मानले नेपाल नेत्रज्योति संघ, सम्पूर्ण संस्था तथा नेपालको आँखा स्वास्थ्य क्षेत्रलाई गौरवान्वित बनाएको आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीले बताए ।
सम्मेलनमा भारतका पूर्वराष्ट्रपति रामनाथ कोविन्द प्रमुख अतिथिका रूपमा तथा नेपालका पूर्वराष्ट्रपति डा. रामवरण यादवसहित विभिन्न देशका प्रतिष्ठित व्यक्तित्वहरूको सहभागिता थियो ।

प्रकाशित मिति : २०८३ असोज १० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *