
दाङ, चैत २२ ।
सरकारले सातामा दुई दिन बिदा दिने निर्णय गरेको छ।
पेट्रोलियम पदार्थको आपूर्तिमा उत्पन्न असहजताका कारण सरकारले अबदेखि हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
आइतरबारको मन्त्रिपरिषद बैठकले सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार गरी दुई दिन बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
सोमबार अर्थात चैत २३ गतेबाट लागू हुने गरी सरकारी कार्यालयहरू तथा सम्पूर्ण शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार बिदा दिने निर्णय भएको सरकारका प्रबक्ता पोखरेलले बताए । अबदेखि कार्यालय समय बिहान ९ देखि ५ बजे कायम गर्ने निर्णय पनि भएको छ।
उनले आगामी शैक्षिक सत्र वैशाख १५ गतेबाट सुरू गर्ने निर्णय भएको पनि जानकारी दिए।
प्रकाशित मिति : २०८२ चैत्र २२ गते आइतवार
