दाङ, चैत १५ ।
नेकपा एमालेका नेता कार्यकर्ताले आइतबार अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरिएको बिरोधमा ज्ञापन पत्र बुझाएका छन् ।
घोराहीस्थित जिल्ला प्रशासन कार्यालयमा र्यालीसहित पुगेका एमाले नेता कार्यकर्ताले प्रमुख जिल्ला अधिकारीलाई पूर्व प्रधानमन्त्री समेत रहेका ओलीको रिहाइको माग गर्दै ज्ञापन पत्र बुझाएका हुन ।
ज्ञापन पत्र बुझाउन जाने क्रममा उनीहरु प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गरुङका बिरुद्ध नारा बाजी गर्दै पुगेका थिए । एमाले नेता कार्यकर्ताको पर्दशनलाई मध्यनजर गर्दै जिल्लाहरुमा सुरक्षा सर्तकता बढाइएको छ । सरकार गठन भएको दोस्रो दिन एकाबिहानै भदौ २३ गतेको घटना अनुसन्धानका लागि भन्दै प्रहरीले पूर्व ओली संगै तत्कालिन गृहमन्त्री नेपाली काँग्रेसका नेता रमेश लेखकलाई पनि पक्राउ गरेको थियो ।
दाङका साथै लुम्बिनीका बिभिन्न जिल्लाका स्थानीय प्रशासनमा पुगेर आइतबार उनीहरुले ज्ञापन पत्र बुझाएका हुन ।
