दाङ, फागुन २३ । रुकुम पश्चिममा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार गोपाल शर्माले अग्रता लिएका छन् ।
हालसम्मको मतगणना अनुसार नेकपा उम्मेदवार शर्माले ७ हजार २ सय ७२ मत प्राप्त गरेका छन ।
मतगणनाको सुरुदेखि नै प्रगतिशिल लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्माले अग्रता लिदै आएका थिए ।
प्राप्त पछिल्लो परिनाम अनुसार प्रलोपा जनार्दनले ५ हजार १ सय ६० मत प्राप्त गरेका छन् ।
त्यस्तै नेपाली काँग्रेसका उम्मेदवार राजु केसीले ४ हजार ८ सय ४२ र रास्वपाका उम्मेदवार मानबहादुर शाहीले १ हजार २ सय ५१ मत प्राप्त गरेका छन । मतगणना जारी छ ।
प्रकाशित मिति : २०८२ फाल्गुन २३ गते शनिवार
