२०८३ भाद्र १० गते बुधवार

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले साउन १४ गते बिश्वासको मत लिदैं


कैलाली ,साउन १२ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले श्रावण १५ गते विश्वासको मत लिने भएका छन ।

साउन १५ गते बस्ने सुदूरपश्चिम प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शाहले बिश्वासको मत लिने भएका हुन ।

सोमबार प्रदेश संसदीय दलको कार्यालयमा बसेको बैठकले सुदूरपश्चिम प्रदेश सभा बैठकमा संसदीय दलका नेता मुख्यमन्त्री शाहको पक्षमा मतदान गर्नका लागि सर्वसम्मत निर्णय गरेको छ ।

यस्तै १५ गते साँझ ५ बजे बस्ने सुदूरपश्चिम प्रदेश सभा बैठकमा संसदीय दलका नेता मुख्यमन्त्री शाहको पक्षमा मतदान गर्नका लागि अनिवार्य उपस्थित हुन, अनिवार्य मतदान गर्न र तटस्थ नरहन राजनितिक दल सम्बन्धी ऐन २०७३ को दफा २८ बमोजिम निर्देशन (हिप) जारी गरेको छ ।

प्रकाशित मिति : २०८२ साउन १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *