कैलाली , बैशाख २६ । सुुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएर मुख्यमन्त्री शाहले बिभिन्न बिषयमा छलफल गरेका हुन ।
उनीहरुका बीचमा लागुऔषध नियन्त्रण, सीमामा हुने आपारिधिक क्रियाकलाप नियन्त्रण र सीमा क्षेत्रमा सहज आवागमनका विषयमा छलफल थियो ।
छलफलमा सहभागी सुरक्षानिकायका प्रमुखहरुले लागुऔषध प्रयोगकर्ता भन्दा त्यसका कारोबारीलाई समात्ने गरि रणनीति बनाइएको मुख्यमन्त्रीलाई अबगत गराएका थिए ।
छलफलमा प्रदेशका सुरक्षाप्रमुखदेखि विभागिय मन्त्रीहरु, विभागिय सचिब, प्रमुख जिल्ला अधिकारीको सहभागिता थियो ।
प्रकाशित मिति : २०८२ बैशाख २७ गते शुक्रवार