२०८२ असार ३० गते मङ्गलवार

राष्ट्रिय सभा बैठक स्थगित

काठमाडौं,फागुन १८ । चार दिनपछि बस्ने गरी राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।

आइतबार बसेको बैठकमा शून्य समयमा सांसदहरूले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गरेका थिए ।

गृहमन्त्री रमेश लेखकले संसदमा उठेका प्रश्नहरूको जवाफ दिएका थिए ।

आइतबार प्रतिनिधि सभाबाट पारित भएर गएका विभिन्न विधेयकलाई राष्ट्रिय सभाले समेत पारित गरेर अगाडि बढाएको छ ।

साथै, राष्ट्रिय सभाले संविधानसभा सदस्य बिदुर प्रसाद सापकोटाको निधनप्रति शोक व्यक्त गरेको छ ।

यी कार्यसूची सकाएपछि राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले अर्को बैठक यही फागुन २२ गते दिउँसो सवा १ बजे बस्नेगरी स्थगित गरे ।

प्रकाशित मिति : २०८१ फाल्गुन १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *