२०८१ फाल्गुन ७ गते बुधवार

सत्तारुढ दलहरूको बैठक बस्दै


काठमाडौं,माघ १४ सत्तारुढ दलहरूको बैठक आज बस्दैछ

। प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजे सरकारी निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाएका हुन् ।

बैठकमा माघ १८ गते सुरु हुने हिउँदे अधिवेशन, संसदमा पेस गरिने विधेयक र सरकारका काम कारबाहीबारे छलफल हुनेछ ।

अहिले सत्तापक्षमा नेकपा एमाले, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमत पार्टी रहेका छन् ।

प्रकाशित मिति : २०८१ माघ १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *