२०८१ असार ८ गते शुक्रवार

भारत लोकसभा निर्वाचन – घट्यो भाजपाको सिट, एक्लै बहुमत ल्याउन सकेन

दाङ, जेठ २३ । भारतको लोकसभा चुनावको मतगणनाको अन्तिम परिणाम सार्वजनिक भएको छ ।
मंगलबार बिहान ८ बजेदेखि मतगणना सुरू भएको थियो भने बुधबार बिहानसम्म ५४३ वटै क्षेत्रको परिणाम सार्वजनिक भएको हो ।

निर्वाचनमा भाजपा एनडिए र कंग्रेस आईले इन्डिया गठबन्धन बनाइ चुनाबी प्रतिष्पर्धामा होमिएका थिए ।

सार्वजनिक मत परिणाम अनुसार ५४३ क्षेत्रका लागि भएको निर्वाचनमा एनडिए गठबन्धनले २९३ र इन्डिया गठबन्धनले २३३ सिट सिट जितेका छन । अन्य बिभिन्न दलहरुले थप १७ सिट जितेका छन् । भाजपा नेतृत्वको एनडिएले अघिल्लो पटक भन्दा यो पटक ५७ गुमाएको छ ।
अहिले भाजपाले २४०, कंग्रेस आईले ९९, समाजवादी पार्टीले ३७, अल इन्डिया तृणमूल कंग्रेसले २९, डिएमकेले २२, टिडिपीले १६, जेडियुले १२, शिव सेनाले ७, लोक जनकशक्ति पार्टी, आरजेडी र सिपिआईएले ४ – ४ सिट जितेका छन ।
त्यस्तै आम आदमी पार्टीले ३, झारखण्ड मुक्ति मोर्चाले ३, जनसेना पार्टीले २ सिट जिते । बाँकी सिटमा अन्य दल र स्वतन्त्र उम्मेदवारले जितेका छन् ।

बिगतका दुई निर्वाचनमा एक्लै बहुमत ल्याइ सरकार चलाउँदै आएको भाजपाका लागि अहिलेको जित बहुमतका लागि अप्रयाप्त छ । अब उस्ले अन्य दलहरु संग मिलेर सरकार बनाउनु पर्ने अवस्था आएको छ ।

यसअघिको निर्वाचनमा एनडिएले ३५२ सिट जित्दा भाजपा एक्लैले ३०३ सिट जितेको थियो । जबकी यो पटक भाजपाले २४० सिट मात्रै जित्न सक्यो ।

बदलामा इन्डिया गठबन्धनले यो पटक १३७ सिट बढी जितेको छ । यसअघि यो गठबन्धनले ९४ सिट मात्रै जितेको थियो ।

निर्वाचन परिणाम अनुसार कंग्रेस एक्लैले ९९ सिट जितेको छ । यस अघिको चुनावमा उस्दले ५२ सिटमात्रै जितेको थियो ।

सन २०१४ देखि एकल बहुमतको सरकार चलाएका नरेन्द्रदास मोदीले अब गठबन्धनका दलहरूलाई समेटेर मात्रै सरकार बनाउन सक्ने छन् ।

निर्वाचन अघि नै गुजरातको सुरत लोकसभा सिटमा भाजपा उम्मेदवार निर्विरोध निर्वाचित भएका थिए । त्यहाँ कंग्रेसको उम्मेदवारी रद्द भएपछि अन्य दल र स्वतन्त्रहरूले उम्मेदवारी फिर्ता लिदा भाजका उम्मेदवार निर्विरोध भएका हुन ।
चुनावअघि प्रधानमन्त्री नरेन्द्र मोदीले ४ सय सिट जित्ने दाबी गर्दै आएका थिए ।


विभिन्न एक्जिट पोलहरूले पनि मोदी नेतृत्वको गठबन्धनले चार सय हाराहारीमा सिट जित्ने दाबी गरेको भएपनि त्यस्ता दाबीहरुले फेल खाएका छन् ।

प्रकाशित मिति : २०८१ जेष्ठ २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *