२०८१ असार ३ गते आइतवार

सुरेन्द्रराज पाण्डेलाई ४८ घन्टा भित्र मुख्यमन्त्री नियुक्त गर्न सर्बौच्चको परमादेश

काठमाडौं, जेठ १५ । सर्वौच्च अदालतले गण्डकी प्रदेशेको मुख्यमन्त्रीका रुपमा नेपाली कांग्रेस नेता सुरेन्द्रराज पाण्डेलाई ४८ घन्टा भित्र नियुक्त गर्न परमादेश जारी गरेको छ ।

न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले सोमबार यस्तो परमादेश जारी गरेको हो ।
गण्डकी प्रदेशसभामा नेकपा एमालेका नेता मुख्यमन्त्री खगराज अधिकारीले पेश गरेको विश्वासको मत बहुमतले पास भएको भनी गण्डकी प्रदेश सभाका सभामुखबाट वैशाख २३ गरेको घोषणा उत्प्रेषणको आदेशले बदर गरिदिएको छ, ।
साथै आदेशमा संविधानको धारा १६८ उपधारा २ बमोजिम बनेको सरकारले सोही धाराको उपधारा ४ बमोजिम विश्वासको मत पाउन नसकेको भन्दै उपधारा ३ बमोजिम पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न भनिएको छ।

उपधारा ३ मा संसदको सबभन्दा ठूलो दलको नेतालाई मुख्यमन्त्री चयन गर्ने संवैधानिक व्यवस्था छ।

गण्डकी प्रदेशसभामा बहुमतको लागि न्यूनतम ३१ सदस्यको आवश्यकता पर्नेमा ३० सदस्यको समर्थन प्रस्ताव बहुमतबाट पास भएको भनी प्रदेश सभाका सभामुखबाट भएको घोषणा नेपालको संविधानको धारा १८८ को उपधारा ३ विपरित रहेको ठहर अदालतको छ ।

]

प्रकाशित मिति : २०८१ जेष्ठ १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *