२०८२ असार ७ गते आइतवार

जसपाका कृषी मन्त्री अहिर र प्रदेशसभा सदस्य अग्रवालले रोजे नयाँ पार्टी

दाङ, बैशाख ३० । लुम्बिनी प्रदेशसभाका तीन मध्य दुई सदस्य नवगठित जनता समाजवादी पार्टी (जसपा) रोजेका छन् ।


कृषि तथा भूमी ब्यबस्था मन्त्री भण्डारीलाल अहिर र अर्का प्रदेशसभा सदस्य आदेशकुमार अग्रवालले आइतबार दिउँसो दाङको घोराहीस्थित लुम्बिनी प्रदेश निर्वाचन कार्यालयमा आइ नयाँ पार्टीको पक्षमा सनाखद गरेका हुन ।

निर्वाचन कार्यालयका प्रमुख चन्द्र केसीका अनुसार मन्त्रीसहित दुई प्रदेशसभा सदस्य दिउँसो साढे १२ बजेदेखि १ बजेको बीचमा कार्यालयमा आइ आँफुहरु नब गठित पार्टीको पक्षमा सनाखद गर्न आएको भनेपछि सोही अनुरुप गरिएको जानकारी दिए ।

गत संसदीय निर्वाचनमा कृर्षी मन्त्री अहिर बाँकेको निर्वाचन क्षेत्र नं. २ (१) र प्रदेशसभा सदस्य अग्रवाल २ (२) बाट निर्वाचित भएका थिए ।

उनीहरु दुबै जनाले अशोक राई नेतृत्वको जसपा रोज्नका लागि निर्वाचन कार्यालयमा आइ सनाखत गरेको निर्वाचन अधिकृत केसीले बताए ।

दाङस्थित लुम्बिनी प्रदेश निर्वाचन कार्यालयका प्रमुख चन्द्र केसीका अनुसार जेठ १३ गतेसम्म कुन पार्टी रोज्ने भनेर सनाखत गर्ने पाउने सुबिधा छ । कुनैपनि पार्टी बिभाजन पछि २१ दिन भित्र पार्टी रोज्न पाउने अधिकार रहन्छ ।

लुम्बिनी प्रदेशसभामा जसपाका तीन जना प्रदेशसभा सदस्य मात्रै छन् । दुई जनाले नयाँ पार्टी रोजेपनि समानुपातिक सांसद अम्बिका काफ्ले भने मौन छिन् ।

कृषी मन्त्री भण्डारीले मन्त्री नियुक्त भएको १५ दिन पछि मात्रै जिम्मेवारी सम्हालेका थिए । परिवर्तित नयाँ राजनीतिक समिकरण अनुसार यो प्रदेशमा तीन प्रदेशसभा सदस्य मध्य जसपालाई दुई मन्त्री दिने सहमती भएपनि एउटा मात्रै मन्त्रालय दिएको भन्दै कृषी मन्त्री अहिरले यसअघि पार्टीकै निर्देशनमा पदबाट राजीनामा दिएका थिए ।

तर, उनको राजीनामा मुख्यमन्त्री जोखबहादुर महराले स्वकीकृत गरेका थिएनन् । पछिल्लो समय जसपा दुई चिरा भएपछि मात्रै अहिरले मन्त्री पद स्वीकार गरेका थिए ।

प्रकाशित मिति : २०८१ बैशाख ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *