२०८१ जेष्ठ ५ गते शनिवार

कर्णालीका मुख्यमन्त्री कँडेलले भोली विश्वासको मत लिने


सुर्खेत,बैशाख १२ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बैशाख १३ गते विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्री कँडेलले वैशाख १३ गते विश्वासको मत लिन प्रदेश सभा सचिवालयमा पत्र दर्ता गराएका छन् । उनले विश्वासको मत लिनु अगाडि बुधबार सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरेका छन् ।

गठबन्धन दल एमाले र माओवादीबीच मन्त्रालयको बाँडफाँडमा सहमति जुटेपछि मन्त्रपरिषद् विस्तार गरेको भोलिपल्टै विश्वासको मत लिने सहमति भएको हो ।

चैत्र २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका एमाले नेता कँडेलले गठबन्धनमा रहेका दलहरूबीच सहमति जुट्न नसक्दा अहिलेसम्म सरकार गठन समेत गर्न सकेका छैनन् ।

प्रकाशित मिति : २०८१ बैशाख १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *