२०८१ जेष्ठ ४ गते शुक्रवार

इलाम उपचुनाव : आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदै

काठमाण्डौ ,बैशाख १२ । वैशाख १५ गते शनिवार इलाम प्रतिनिधिसभा क्षेत्र नम्बर–२ र बझाङ प्रदेशसभा–१ (क) मा हुने उपचुनावका लागि आज राति १२ बजेदेखि मौन अवधि शुरु हुँदैछ ।

मौन अवधि शुरु भएपछि राजनीतिक दल र उम्मेदवारले कुनै पनि प्रचार गर्न पाउने छैनन् । निर्वाचन आचारसंहिताको पालना गर्न निर्वाचन आयोगले आग्रह गरेको छ ।

आचारसंहिता अनुसार मतदान शुरु हुने ४८ घण्टा अघिदेखि चुनावको प्रचारप्रसार गर्न नपाइने व्यवस्था छ । मौनअवधिमा प्रचार प्रसार गर्न र भोट माग्न पाइँदैन ।

मौन अवधि शुरु हुनुअघि नै मतदान केन्द्रको तीन सय मिटर वरिपरि राखिएका प्रचार सामग्री हटाउनुपर्नेछ ।

एसएमएस, फेसबुक, भाइवरजस्ता विद्युतिय माध्यम र सामाजिक सञ्जालबाट पनि मत माग्न र प्रचार गर्न नपाइने उल्लेख छ ।

त्यस्तै उम्मेदवार वा राजनीतिक दलको प्रचार हुने गरी समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न पाइनेछैन ।

यसैबीच आयोगले उपचुनावमा मतदाता परिचय पत्रसँगै अन्य जुनसुकै परिचय पत्रबाट मतदाताले मतदान गर्न सक्ने जनाएको छ ।

प्रकाशित मिति : २०८१ बैशाख १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *