हेटौंडा,चैत १९ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन ।
प्रदेशसभाको आजको बैठकमा उनको पक्षमा ५६ मत र विपक्षमा ३७ मत तथा मत दिन्न भन्नेमा १५ मत परेको थियो ।
सोमबार बागमती प्रदेश सभा बैठकमा नेकपा माओवादी केन्द्रका २१, नेकपा एमालेका २७, नेकपा एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका १ जना गरि ५६ जना सांसदले विश्वासको मत दिएका हुन।
नेपाली कांग्रेस र नेपाल मजदुर किसान पार्टीले विपक्षमा मतदान गरे भने राप्रपा तटस्थ रहेको छ । प्रदेश सभामा १०८ जना सदस्य सहभागी भएका थिए । विश्वासको मतको विपक्षमा ३७ मत परेको छ । १५ सांसद तटस्थ रहे । ।
२०७९ पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका जम्कट्टेलले सोमबार तेस्रो पटक विश्वासको मत लिएका हुन ।
पहिलो पटक २०७९ माघ ३ गते र दोस्रो पटक चैत्र १० गते विश्वासको मत लिएका थिए ।