२०८१ बैशाख १० गते सोमवार

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं,चैत १९ । संघीय संसदअन्तर्गत् सोमबार प्रतिनिधिसभाको बैठक बस्दैछ ।

बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आज बिहान ११ बजेबाट सुरु हुनेछ ।

आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुने कार्यसूची रहेको छ ।

यसका साथै, आज उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राष्ट्रिय सभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रश्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : २०८० चैत्र १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *