काठमाडौं,चैत ६ । संघीय संसदअन्तर्गत मंगलबार प्रतिनिधिसभाको बैठक बस्दैछ। बैठक आज बिहान ११ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्नेछ।
आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ।
साथै उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी हिनामिना प्रकरणमा मुछिएको भन्दै मन्त्री पदबाट हटाउनुपर्ने माग प्रधानमन्त्रीसँग प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गरेको छ।
सो विषयमा पनि प्रधानमन्त्रीले जवाफ दिनेछन्।
गत शुक्रबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठाउँदै उनलाई रोस्ट्रममा जान लाग्दा अवरोध गरेको थियो।
प्रकाशित मिति : २०८० चैत्र ६ गते मङ्गलवार