२०८३ असार २८ गते आइतवार

राष्ट्रियसभाका विषयगत समिति सभापतिले लिए शपथ

काठमाडौं ,चैत ५ । राष्ट्रियसभाअन्तर्गत दुईवटा विषयगत समितिका सभापतिहरूले पद तथा गोपनियताको शपथ लिएका छन् ।

राष्ट्रियसभाअन्तर्गत संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति एमालेका सोनाम गोल्जेन शेर्पा र विकास,आर्थिक मामिला तथा सुशासन समिति सभापति कमला पन्तलाई राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले शपथ खुवाएका हुन्।

शेर्पा नेकपा एमालेका सांसद हुन् भने पन्त नेपाली कांग्रेस सांसद हुन्। दुई समितिको सभापतिमा एकमात्रै उम्मेद्वारी परेपछि शेर्पा र पन्त निर्विरोध निर्वाचित भएका थिए ।

त्यसअघि सोमबार नै बसेको दुईवटा समिति बैठकले उनीहरुलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको थियो ।

प्रकाशित मिति : २०८० चैत्र ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *