२०८३ असार २७ गते शनिवार

नेविसघंको तर्दथ समितिमा ४१ जना थपिए

काठमाडौं,चैत ३ । नेपाल विद्यार्थी संघको तदर्थ समितिमा ४१ जना थप भएका छन् ।

यसअघि ७११ सदस्यीय रहेको नेविसंघको तदर्थ समितिमा ४१ जना थप भएका हुन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुजाङ शेर्पाको अध्यक्षतामा गठित नेविसंघको केन्द्रीय तर्थ समितिमा विभिन्न जिल्लाका गरी ४१ जना थप गरेका कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कांग्रेसको गत वर्ष ९ चैतमा बसेको केन्द्रीय समिति बैठकले दुजाङलाई एक वर्षभित्र अधिवेशन गर्ने समयसीमा तोकेर अध्यक्षको जिम्मेवारी दिएको थियो । त्यसपछि २२ साउन २०८० मा ७१० जनालाई तदर्थ समितिको सदस्य मनोनित गरिएको थियो

प्रकाशित मिति : २०८० चैत्र ३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *