२०८३ बैशाख २ गते बुधवार

भारत भ्रमणमा जाँदै प्रधानमन्त्री दाहाल

काठमाडौँ,बैशाख ३ । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा जाने तय भएको छ।

प्रधानमन्त्रीको निजी सचिवालय स्रोतका अनुसार उनी वैशाख अन्तिम साता भारत भ्रमणमा जाने तय भएको छ। यद्यपि, कहिले जाने भनेर मिति नै तय भइसकेको भने छैन।

सचिवालय स्रोतका अनुसार उनको भारत भ्रमणको मिति चाँडै नै घोषणा गर्ने तयारी ‍छ। गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएपछि प्रचण्डको यो पहिलो औपचारिक भ्रमण हुन लागेको हो।

प्रधानमन्त्री नियुक्त भएपछि प्रचण्ड स्वयम्‌ले आफनो पहिलो विदेश भ्रमण भारत हुने सार्वजनिक अभिव्यक्ति दिएका थिए।

प्रकाशित मिति : २०८० बैशाख ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *